आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र भुटनिज युथ भिड्ने

पाेखरा | पुस २१, २०७९

आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र भुटनिज युथ भिड्ने

पोखराः   आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा संकटा क्लब र  भुटनिज युथ एससी अमेरिका उपाधीका लागि भिड्ने भएका छन् । 

 

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भुटनिज युथ एससी अमेरिकाले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो । 


संकटाले साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।


दश खेलाडीमा सिमित चर्च ब्वाइजविरुद्ध भुटनिज युथले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको छ । रोजित प्रजापतिले भुटनिज टोलीका लागि गोल गरेका थिए । आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो ।


पहिलो खेलमा भुटनिज युथले मनाङ मस्याङ्दी क्लबलाई हराएको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्